हेटौंडा, चितवन र नुवाकोटमा शक्तिशाली बम विस्फोट
काठमाडौँ, ५ वैशाख । नेपाल कम्युनिस्ट पार्टीले आह्वान गरेको नेपाल बन्दको क्रममा चितवन, हेटौंडा र नुवाकोटको विभिन्न ठाउँमा शक्तिशाली बम विस्फोट भएको छ । विस्फोट भएको स्थानहरु चितवनको खैरेनी नगरपालिका, राप्ती नगरपालिका, रन्तनगरपालिका र कालीका नगरपालिको कालिचोक, भरतपुर महानगरपालिको नारायणगढचोकमा बम विस्पाmेट भएको समाचार प्राप्त भएको छ । त्यस्तै बुधबार बेलुका चितवनको गिता नगर, रामनगर, पूर्वी चितवनमा जनताले प्रतिरोध स्वरुप मसाल जुलुस निकालेको समाचार प्राप्त भएको छ । उता बुधबार नुवाकोटको ककनीमा जनताले मसाल जुलुस निकालेको समाचार छ भने अहिले विदुर नगरपालिकामा जनताले प्रतिरोध स्वरुप बम विस्फोट गरेको समाचार छ । विस्फोटबाट दुबै जिल्लाका जनताहरुमा त्रसित बनेका छ्न । बन्दको कारण चितवन र नुवाकोट आसपासमा लामो दुरिको सवारीसाधन चलेका छैनन् । बन्दको कारण कलकारखाना, शैक्षिक संस्था, यातायात र व्यापार व्यवसाय सबै बन्द भएका छन् ।
यता ,हेटौँडा उपमहानगरपालिका वडा नंबर ८ वडा कार्यलयमा बिहानै प्रेसरकुकरमा बम फेला परेको छ । बम फेला परेपछि ठाउँका जनताहरुमा त्रसित बनेका छ्न । बन्दको कारण हेटौंडा आसपासमा लामो दुरिको सवारीसाधन चलेका छैनन् । बन्दको कारण कलकारखाना, शैक्षिक संस्था, यातायात र व्यापार व्यवसाय सबै बन्द भएका छन् ।