सत्तारुढ दलका भातृ संगठन एनसेलको ज्यादतीबिरुद्ध संघर्षमा

२०७६ बैशाख १२ गते, बिहीबार

काठमाडौं, १२ वैशाख । सत्तारुढ दलका भातृ संगठन एनसेलको ज्यादतीबिरुद्ध संघर्षमा उत्रने भएको छ । सत्तारुढ दल नेपाल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का विद्यार्थी र युवा संगठनले एक बिज्ञप्ति जारी गर्दै एनसेलले कर नतिरेसम्म सिम प्रयोग नगर्न आग्रह गरेका छन । ‘एनसेलले तोकिएको समयमा कर तिर्न आनाकानी गरेको अवस्थाले हामीलाई ज्यादै गम्भीर बनाएको छ । कर तिर्न नपरोस भन्ने मनसायका साथ एनसेलको यस्तो रवैया हामीलाई स्वीकार्य छैन् । यसर्थ जुनसुकै कानुनी प्रक्रिया अवलम्बन गरेर भए पनि एनसेलबाट कर असुल गर्न नेपाल सरकारसँग अनुरोध गर्दछौं ।’ बिज्ञप्तिमा उल्लेख छ । साथै उनीहरुले एनसेललाई कर छुट दिने राष्ट्रघाती निर्णय नगर्न पनि सम्बद्ध निकायलाई चेतावनी दिएका छन् ।

प्रतिक्रियाहरु

[anycomment]