फोरम र नयाँ शक्ति पार्टी एक हुदै

२०७६ बैशाख २१ गते, शनिबार


काठमाडौं, २१ वैशाख । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपाल र उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपालबीच पार्टी एकता गर्ने सहमति भएको छ । आज नयाँ शक्तिको पार्टी कार्यालय बबरमहलमा भएको दुई पार्टीको छलफलमा यही वैशाख २३ गते सोमबार एकता घोषणा गर्ने सहमति भएको डा. भट्टराई र यादवले हस्ताक्षर गरेको विज्ञप्तिमा उल्लेख छ । नयाँ पार्टीको नाम ‘समाजवादी पार्टी, नेपाल’ राखिएको छ ।
जारी विज्ञप्तिमा ‘समाजवादी पार्टी, नेपालले संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै नेपाली समाजमा विद्यमान जातीय, वर्गीय, लैंगिक र क्षेत्रीय असमानता, विभेद र शोषणको अन्त्य गरी संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको समृद्धिका लागि भूमिका निर्वाह गर्ने’ उल्लेख गरिएको छ ।

प्रतिक्रियाहरु

[anycomment]