आज विराटनगर बन्द

२०७६ बैशाख २३ गते, सोमबार

काठमाडौं, २३ बैशाख । प्रदेश नं. १ को राजधानी विराटनगर कायम गर्न माग गर्दै विराटनगर महानगरपालिका बन्द आह्वान गरिएको छ । विराटनगर नागरिक संघर्ष समितिको आह्वानमा बन्द गरिएको हो । प्रदेशको राजधानीका संरचना विकेन्द्रित रूपमा राख्न खोजिएको भन्दै संघर्ष समितिले विराटनगरलाई नै राजधानी कायम गर्न माग गर्दै बन्द गरेको हो । बन्दले बिहानैदेखि जनजीवन प्रभावित बनेको छ । यातायातका साधन चल्न सकेका छैनन् । शिक्षण संस्थाले आकस्मिक रूपमा बिदाको घोषणा गरेका छन् । प्रदेशसभामा हिजो दर्ता भएको राजधानी बारेको प्रस्तावमा राजधानी विराटनगर रहने भनिए पनि व्यवस्थापिका, कार्यपालिका विराट क्षेत्रअन्तर्गतका इटहरी, सुन्दर हरैंचालगायत स्थानमा राख्नुपर्ने भनिएको थियो । यसले गर्दा विराटनगरबाट राजधानी अन्यत्र लान खोजिएको भन्दै दबाब दिन बन्द आह्वान गरिएको हो ।

प्रतिक्रियाहरु

[anycomment]