सडक कालाेपत्रे गर्न माग गर्दै प्रदर्शन

२०७६ बैशाख २६ गते, बिहीबार

काठमाडौं, २६ वैशाख । सडक कालाेपत्रे गर्न माग गर्दै राजधानीस्थित बौद्धमा स्थानीयबासी विरोध प्रदर्शनमा उत्रिएका छन् । समयमै सडक कालोपत्र नभएको भन्दै स्थानीयबासिले बिराेध गरेका हुन् । बौद्ध व्यापार संघ र स्थानीयबासीले बिहीबार बिहानदेखि बौद्धमा सडक अवरुद्ध गर्दै विरोध प्रदर्शन गरे । उनीहरुले सडक कालोपत्र गर्न नथालेसम्म आन्दोलन जारी राख्ने चेतावनी दिएका छन् ।उनीहरुले समयमा काम सम्पन्न नगर्ने ठेकदारलाई कारवाहीको मागसमेत गरेका छन् । विभिन्न प्लेकार्ड बोकेका प्रदर्शनकारीहरु सडकमै बसेका छन् ।

प्रतिक्रियाहरु

[anycomment]