सरकारको काम सन्तोषजनक भएन

२०७६ जेष्ठ ८ गते, बुधबार

काठमाडौं, ८ जेठ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले सरकारका काम सन्तोषजनक नभएको बताएका छन् । काठमाडौंको हनुमानस्थानस्थित अर्ग्यानिक क्विन रेष्टुरेन्टको शुभारम्भ गर्दै उनले सरकारको काम कारवाहीबारे असन्तुष्टि व्यक्त गरेका हुन् । पार्टीसँग कुनै छलफल नगरी सरकार एकलौटी ढंगले अगाडि बढेको उनको भनाइ थियो ।
वरिष्ठ नेता नेपालले छलफलविनै एकलौटी रुपमा अघि बढेर जनआकांक्षा पूरा गर्न नसकिने बताए । कार्यक्रममा पूर्वप्रधानन्यायाधीश दीपकराज जोशी, पूर्वप्रधानसेनापति राजेन्द्रबहादुर क्षेत्रीलगायत सहभागी थिए ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु