सरकारको निरङ्कुश र जंगली दमनको घोर भत्र्सना
काठमाडौं, ९ जेठ । अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघले आफ्ना साम्राज्यवादी मालिकहरुको निर्देशन र आफ्नै असफलताहरुलाई विषयान्तर गर्न देशमा गृहयुद्ध भड्काउने प्रयास स्वरुप ओली सरकारले नेपाल कम्युनिस्ट पार्टीमाथि प्रतिबन्ध गर्न पुगेको ठोकुवा गरेको छ । उसले प्रतिबन्ध पश्चात संकटकालीन अवस्था झनै देशव्यापी गोलीकाण्ड र हत्या, गिरफ्तारी झुट्ठा मुद्दा र लुटपाटका अपराधिक क्रियाकलापमा ओली नेतृत्वको सरकार जोर जुलुमका साथ लागिरहेको बताउदै ओली नेतृत्वको सरकारका यी गतिविधिहरुले आफूलाई साम्राज्यवादको असली दलाल र सामाजिक फासीवादको प्रतिनिधि रहेको कुरा आम जनताले देख्नेगरी छर्लङ्ग भएको दावी गरेको छ ।
अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका अध्यक्ष अमर झाँक्रीले बिहिबार एक बिज्ञाप्ती जारी गर्दै झुट्ठा मुद्दाको निरन्तरताको रुपमा ओली सरकारले हाम्रो संगठन अ.ने.क्रा.टे .यु. महासंघमाथि पनि देशव्यापी आक्रमण बढाएको र नमूना संगठनात्मक कामको सिलसिलामा रहेको अवस्थामा संगठन उपाध्यक्ष विजय दर्नाललाई झापाको विर्तामोडबाट २०७६ जेठ ७ गते गिरफ्तार गरी वेपत्ता बनाइएको बताएका छन । उनले सरकारको यो निरङ्कुश र जंगली दमनको घोर भत्र्सना गर्दै सत्यतथ्य सार्वजनिक गर्न अविलम्ब विनाशर्त रिहाई गर्न समेत माग गरेका छन ।
अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका अध्यक्ष अमर झाँक्रीले जारी गरेको बिज्ञाप्ती: ” आज नेपाली समाजिक दलाल वर्ग द्वारा नेतृत्व गरिएको दलाल पुँजीवादी राज्यसत्ता र उत्पीडित श्रमिक जनताको मुक्ति र स्वतन्त्रताको लागि संघर्षरत नेपाल कम्युनिस्ट पार्टीका बीचमा चलिरहेको संघर्षको बीचबाट अगाडि बढिरहेको छ । आफ्ना साम्राज्यवादी मालिकहरुको निर्देशन र आफ्नै असफलताहरुलाई विषयान्तर गर्न देशमा गृहयुद्ध भड्काउने प्रयास स्वरुप ओली सरकारले नेपाल कम्युनिस्ट पार्टीमाथि प्रतिबन्ध गर्न पुगेको छ । प्रतिबन्ध पश्चात संकटकालीन अवस्था झनै देशव्यापी गोलीकाण्ड र हत्या, गिरफ्तारी झुट्ठा मुद्दा र लुटपाटका अपराधिक क्रियाकलापमा ओली नेतृत्वको सरकार जोर जुलुमका साथ लागिरहेको छ । ओली नेतृत्वको सरकारका यी गतिविधिहरुले आफूलाई साम्राज्यवादको असली दलाल र सामाजिक फासीवादको प्रतिनिधि रहेको कुरा आम जनताले देख्नेगरी छर्लङ्ग भएको छ ।
नेपाली जनताको लामो समयदेखिको वलिदानीपूर्ण संघर्षबाट प्राप्त गरेका सिमित हक अधिकारहरु पनि खोस्दै दुई तिहाईको दम्भसहित निरङ्कुशता तर्फ बढिरहेको छ । देशव्यापी गोलीकाण्ड गिरफ्तारी । झुट्ठा मुद्दाको निरन्तरताको रुपमा ओली सरकारले हाम्रो संगठन अ.ने.क्रा.टे«.यु. महासंघ माथि पनि देशव्यापी आक्रमण बढाएको छ । जसको नमूना संगठनात्मक कामको सिलसिलामा रहेको अवस्थामा संगठन उपाध्यक्ष क.विजय दर्नाललाई झापाको विर्तामोडबाट २०७६ जेठ ७ गते गिरफ्तार गरी वेपत्ता बनाइएको छ । सरकारको यो निरङ्कुश र जंगली दमनको हाम्रो संगठन घोर भत्र्सना गर्दै सत्यतथ्य सार्वजनिक गर्न अविलम्ब विनाशर्त रिहाई गर्न हाम्रो संगठन माग गर्दछ ।
इतिहास साक्षी छ, दुनियाँका कुनैपनि शक्तिशाली शासकहरु जब जनविरोधी बाटोमा अघि बढ्छन् तब जनताको बलिदानीपूर्ण संघर्षले उनीहरुलाई खरानीमा परिणत गरिदिएका छन् । इतिहास र समाजको गतिलाई अवरुद्ध गर्नखोज्ने ओली सरकारले यस प्रकारका जनविरोधी सामाजिक फासीवादी चरित्र नसच्याएमा महंगो मूल्य चुक्ता गर्नुपर्नेछ । जुन पश्चातापको भूमरीसँगै समाप्त हुनेछ । ”