कोरियाली भाषा परीक्षा जेठ २५ देखि

२०७६ जेष्ठ १० गते, शुक्रबार

काठमाडौं, १० जेठ । रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत सन् २०१९ को कोरियाली भाषा परीक्षा यही जेठ २५ र २६ गते हुँदैछ । सन् २०१९ को भाषा परीक्षा को तयारी तीव्र पारिएको छ । परीक्षार्थीको सजिलोका लागि ३२ वटा परीक्षा केन्द्र तोकिएको एपिएस कोरिया शाखाका निर्देशक कृष्णप्रसाद खनालले जानकारी दिए । उनका अनुसार काठमाडौंमा २१, ललितपुरमा सात र पोखरामा चारवटा परीक्षा केन्द्र तोकिएको छ । आवेदकको परीक्षा केन्द्रबारे जेठ १९ गते विस्तृत विवरण प्रकाशित गरिने शाखाले जनाएको छ ।

प्रतिक्रियाहरु

[anycomment]