आज १७ औं कृष्ण सेन इच्छुक स्मृतिदिवस
काठमाडौं, १३ जेठ । आज जेठ १३ गते , १७ औं कृष्ण सेन इच्छुक स्मृतिदिवस । आज देशैभरी विभिन्नकार्यक्रम गरी पत्रकार तथा साहित्यकार शहिद कृष्ण सेन इच्छुकको १७ औं स्मृतिदिवस मनाइदैँछ । कृष्ण सेन इच्छुकको महेन्द्र पुलिस क्लबकातत्कालिन डिआइजी अमरसिंह शाह, तत्कालिननगर प्रहरी प्रमुखबिक्रम सिंह थापालगायतको टोलीले २०५९ जेठ ६ गते गिरफ्तार गरी हिरासतमै चरम यातनादिएर हत्या गरेका थिए । सेन हत्याको १७ बर्ष पुगिसक्दापनि घटनाको सत्यतथ्यछानबिन हुन सकिरहेको छैन । हत्यारालाई कार्वाहीहुन सकेको छैन ।
निष्ठा र आदर्शको लागि राजनीतितथापत्रकारिता गरेका सेन आज राष्ट्रिय अन्तराष्ट्रिय स्तरमै जनवादीआस्थाका केन्द्र बन्नपुगेका छन् । पटक–पटक प्रतिक्रियावादीका जेल र हिरासतमा बसेका सेन आफ्नो आदर्श जस्तै सादाजीवनजिउने गर्थे ।
वि.सं. २०१३ माभारतको देहरादुनमा जन्मिएका कृष्ण सेन इच्छुक तत्कालिन जनदिशा दैनिकका प्रधान सम्पादक थिए । सेनको पुर्खयौली घर अर्घाखाँची जिल्लाको जलुकेमा पर्दछ । उनले प्रारम्भिक शिक्षा दिक्षा दाङको लालमटियामा लिएका थिए । सामान्य लाहुरे परिवारमा जन्मिएका इच्छुकले आफ्नो काव्य यात्राको थालनी दाङबाट प्रकाशितहुने ‘युगबोध’ समाचारपत्रबाट गरेका थिए । उनको व्यक्तित्व बहुआयामिक थियो । उनी पत्रकार र साहित्यकार मात्र नभएर शिक्षक, र सचेत राजनीतिकर्मी पनि थए । उनी एउटा जनपत्रकार र जुझारु क्रान्तिकारी योद्धाको रुपमा चिनिन्छन् ।
मूलतः सेन नेपाली प्रगतिवादी काव्य फाँटमा आफ्नो स्थान निर्माण गर्न सफल रहे । परिणामतः उनको काव्यव्यक्तित्व खुम्चिएन, त्यो अझ फराकिलो र उर्वर हुँदै गयो । आफ्नो अढाई दशकलामो काव्ययात्रामा इच्छुकले नेपाली प्रगतिवादी काव्य फाँटलाई समृद्ध गर्न उल्लेखनीय योगदान गरेका छन् ।
यसैबीच, पाँच पत्रकार संगठन र जनसास्कृतिक महासंघले काठमाडौंको भृकुटिमण्डपमा कार्यक्रम गरी सेनको स्मृति दिवश मनाएका छन । जनपत्रकार संगठन नेपाल, क्रान्तिकारी पत्रकार महासंघ, प्रगतिशिल पत्रकार संघ, नेपाल प्रेस सोसाईटि र जनसास्कृतिक महासंघले संयुक्त रुपमा कार्यक्रम गरेका हुन् ।