नेपाल बन्दका कारण पुर्बी क्षेत्रको जनजीवन ठप्प

काठमाडौ, १३ जेठ । नेपाल कम्युनिस्ट पार्टीले आफना कार्यकर्ता मारिएको बिरोधमा गरेको नेपाल बन्दको कारण पुर्बी क्षेत्रको जनजीवन अस्तव्यस्त भएको छ । नेपाल बन्दका कारण रौतहटको चन्द्रनिगाहपुर बजार पूरै ठप्प भएको छ । महेन्द्र राजमार्ग अन्र्तरगत चन्द्रनिगाहपुरको मेनचोकमा राखिएको बमले चन्द्रनिगाहपुर ठप्प भएको हो । सो बम इन्द्र बक्स गण चन्द्रनिगाहपुरको टोलीले करिब ९ बजे डिष्पोज गरेको थियो । प्रेसर कुकरमा राखिएको उक्त समान बम हो या होइन परिक्षणबाट मात्रै थाहा हुने जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरीक्षक नवीन कार्कीले जानकारी दिए । बरामद सामान सेनाले परिक्षणका लागि लगेको छ ।
यता महेन्द्र राजमार्ग बन्द भएपछि करिब २ घण्टा राजमार्ग अवरुद्ध भएको थियो । अहिले चन्द्रनिगाहपुर बजार क्षेत्र पूरै बन्द रहेको छ । बन्दले रौतहटका सरकारी तथा निजी बिद्यालयहरु बन्द रहेका छन् । छोटाे दुरीका सवारी साधन चलेका छन् भने लामाे दुरीका सवारी साधनहरु प्रहरीको स्कर्टिङमा मात्र चलाइएको छ ।
यसैगरी, झापाका विभिन्न स्थानहरुमा बम भेटिएका छन । बन्दको पुर्वसन्ध्यामा जिल्लाभरी मशाल जुलुस गरेको नेकपा झापाले बन्दको दिन गौरादहमा बम राखेको छ । त्यस्तै दमक रतुवा पुल नजिकै अर्को कुकर बम भेटिएको छ । झापामा वन्दको प्रभावको कारण अधिकांस उध्योग, पसल, शिक्षण संस्था, यातायात हरु ठप्प छन ।