‘केपी ओलीको घमण्डले देश अफ्ठ्यारोमा ‘
काठमाडौ, १३ जेठ । नेपाली कांग्रेसका युवा नेता रामहरि खतिवडाले प्रधानमन्त्री केपी शर्मा ओलीको घमण्डले देश अफ्ठ्यारोमा गएको ठोकुवा गरेका छन् । सरकारले नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ता मारेको र त्यसकै बदलामा आज बम पद्किएर जनताको ज्यान गएको नेता खतिवडाको ठहर छ । देश द्वन्द्व र अप्ठ्यारो अवस्थामा गइरहेको बताउँदै नेता खतिवडाले समस्याको समाधानतिर लाग्न आग्रह गरेका छन् । उनले लेखेका छन्, ‘प्रम ओलीको घमण्डले देश अफ्ठ्यारोमा जाँदैछ, घमण्डले आयू घट्छ, ओलीज्यू तपाईं वामपन्थी नेता मात्रै होइन, देशको प्रम पनि हो, कृपया तपाईं हल्का बन्ने काम नगर्नुहोस् । तपाईं असनको साढे पनि होइन, जसले सबैलाई हान्छ । तपाई नेपालको अधिकार सम्पन्न प्रम हो । जनता मार्ने काम फेरि कसैबाट नहोस् ।’