मोदीलाई नेपाल भ्रमणको निम्तो
काठमाडौं, १७ जेठ । नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री मोदी हैदरवाद हाउसमा भेटवार्ता गरेका छन । सो अबसरमा प्रधानमन्त्री ओलीले मोदीलाई रुद्राक्ष उपहार दिंदै नेपाल भ्रमणको निम्तोसमेत दिएको बताइएको छ ।
भारतीय विदेश मन्त्रालयका प्रवक्ता रविशकुमारले गरेको ट्विटमार्फत ओलीले दिएको उपहारको तस्वीर सार्वजनिक भएको हो । प्रधानमन्त्री ओली कार्यक्रम सकेर आज अपरान्ह फर्कनुहुने कार्यक्रम रहेको छ ।