प्रकाण्डद्वारा हावाहुरी पिडितको राहत र उद्दारमा खट्न कार्यकर्तालाई निर्देशन
काठमाडौं, २४ जेठ । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डले कैलाली र कञ्चनपुरका हावाहुरी पिडितको राहत र उद्दारमा खट्न पार्टीका नेता -कार्यकर्तालाई निर्देशन दिएका छन । प्रवक्ता प्रकाण्डले शुक्रवार बिज्ञप्ती जारी गर्दै जनधनको क्षती हुनेगरी बिहीबार साँझ कैलाली र कञ्चनपुरमा आएको भीषण हावाहुरीबाट पिडितको उद्धार र राहतमा खट्न सम्पूर्ण पार्टी पंक्तिलाई निर्देशन दिएका हुन् । उक्त आँधी–हुरीसहित असिना पानीको कारण २ जनाको मृत्यु हुनुका साथै दर्जनौ घाईते भएका छन् । साथै प्रवक्ता प्रकाण्डले घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै मृतकका परिवारलाई राहत, घाइतेहरुको निशुल्क उपचार र पीडितहरुलाई उचित क्षतिपूर्ति दिन माग गरेका छन् ।
साथै उक्त घटनाप्रति दुःख व्यक्त गर्दै मृतकहरुप्रति श्रद्धाञ्जली र शोकाकूक आफन्तजनप्रति सहानुभूति समेत व्यक्त गरेको छ ।
‘वर्षा, आँधी, हुरी, सितलहर, बाढी, पहिरो र आगलागी रहेक सानो भन्दा सानो प्राकृतिक प्रकोपमा ठूलो धनजनको क्षति हुने गरेको भन्दै प्राकृतिक प्रकोप तथा दुर्घटनालाई रोक्न नसकिएपनि न्युनीकरण भने गर्न सकिने बिज्ञप्तिमा जनाईएको छ ।
नागरिकप्रतिको राज्यको बेवास्ता र लापरवाहीका कारण प्राकृतिक प्रकोज जस्ता घटनाहरु बढिरहेको र त्यसबाट गरिव जनता प्रताडित भैरहेको भन्दै ने.क.पा.ले प्राकृतिक प्रकोपलाई न्युनीकरण गर्न र उचित व्यवस्थापनकोलागि पनि जनपक्षीय शासन प्रणाली आवश्यक रहेको बताएको छ । बिज्ञप्तिमा भनिएको छ, ‘त्यसकोलागि दलाल पुँजीवादी व्यवस्थाको अन्त्य र वैज्ञानिक समाजवादी व्यवस्था स्थापना हुनुपर्छ ।’