संसद अवरुद्ध !
काठमाडौं, २८ जेठ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आजको प्रतिनिधिसभाको बैठक अवरुद्ध गरेको छ । गुठी विधेयकको विषयलाई लिएर कांग्रेसले बैठक अवरुद्ध गरेको हो । प्रतिनिधिसभाको आज बसेको बैठक आरम्भ हुँदै गर्दा नेपाली कांग्रसका सांसद्हरुले उभिएर बैठक अबरुद्ध गरेका हुन् । यसै बिषयलाई लिएर कांग्रेसले बैठक अवरुद्ध गरेको दोस्रोपटक हो । सोमबार गुठीसम्बन्धी विधेयकमाथि नेपाली कांग्रेसको आपत्ति जनाउँदै एक विज्ञप्ति नै निकालेको थियो । वर्तमान सरकारले ल्याएको विधेयक संविधानको मर्म र भावनाविपरित भएको भन्दै उसले साे विधेयककाे विराेध गरिरहेकाे हाे । परम्परादेखि चल्दै आएको धर्म-संस्कृतिमा यो विधेयकले प्रावधान र व्यवस्थामा प्रतिकुल असर गर्ने कांग्रेसको ठहर छ । आजको प्रतिनिधिसभाको बैठकमा कांग्रेस सांसद राजेन्द्र केसीले गुठीलाई सरकार आफ्नो कब्जामा राख्नेगरी विधेयक ल्याएको तर्क गरेका छन् । साथै उनले उपत्यकावासीको पहिचान गुठी भएकाले सरकारको विधेयकले यहाँका बासिन्दाको पहिचान गुम्ने बताएका छन् । यसका साथै उनले गुठी विधेयकको विरोध गर्नेक्रममा प्रहरीले विरोध प्रदर्शनमाथि प्रहरीले हस्तक्षेप भएकोप्रति गृहमन्त्रीसँग प्रष्टिकरणको पनि माग गरेका छन् । आफुहरुले शान्तिपूर्ण आन्दोलन गर्दा प्रहरी हस्तक्षेप भएको आरोप लगाएका छन् ।