नेकपाका नेता पुष्करलाई पितृशोक

२०७६ जेष्ठ ३१ गते, शुक्रबार

काठमाडौं, ३१ जेठ । नेपाल कम्युनिस्ट पार्टीका निवर्तमान कोसी ब्युरो संयोजक घनश्याम श्रेष्ठ ‘पुष्कर’लाई पितृशोक परेको छ । लिखु गाउँपालिका ५ ओखलढुङ्गा निवासी उनका ७४ वर्षीय बुबा गिरीबहादुर श्रेष्ठको क्यान्सर रोगका कारण उपचार गराउँदा गराउँदै आज शुक्रबार बिहान काठमाडौँको पिपुल्स मेडिकल कलेज नयाँबजारमा निधन भएको हो । पुष्करका बुबा गिरीबहादुर श्रेष्ठको निधनले पार्टीलाई अत्यन्त मर्माहत बनाएको भन्दै नेकपा मेची–कोशी ब्युरोले विज्ञप्तिमार्फत मृतकप्रति हार्दिक श्रद्धाञ्जली प्रकट गरेको छ । ब्युरो इन्चार्ज शिखाले पुष्करलगायत सम्पूर्ण शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेका छन् ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु