गुठी विधेयकविरुद्ध मसाल जुलुस
काठमाडौं, ३१ जेठ । ललितपुरका स्थानीय बासिन्दाले गुठी विधेयक खारेजीको माग गर्दै मसाल जुलुस प्रदर्शन गरेका छन् । पाटन दरबार स्क्वायरबाट सुरु भएको मसाल जुलुस नगर परिक्रमा गर्दै भीमसेन मन्दिरमा पुगेर सम्पन्न भएको थियो । मसाल जुलुसमा कीर्तिपुर, काठमाडौं र भक्तपुरबाट गएका सरोकारवालासहित स्थानीय बासिन्दा सहभागी थिए ।
मसाल जुलुुसपछि आयोजित विरोधसभामा बोल्ने वक्ताहरुले गुठी विधेयक खारेजीको एकसूत्रीय माग रहेको भन्दै सरकारले बोलाउने वार्तामा जाने र सम्झौता गर्ने कोसिस कसैले गरे नछाड्ने चेतावनी दिए । सत्ताधारी दलका सांसदहरुले चलखेल गरेर आन्दोलनलाई तुहाउन प्रयास गरे उनीहरुलाई पनि नछाड्ने चेतावनी पनि दिइएको छ । विरोधसभापछि प्रदशर्नकारीहरु फेरि संगठीत भएर प्रदर्शन गर्दै नगर परिक्रमा गरेका थिए ।