बेपत्ता बिपिन र दिल बहादुरको स्मरण दिवसमा अन्तरक्रिया हुँदै
काठमाडौैं, २ असार । राज्यद्वारा बेपत्ता योद्दा परिवार समाज नेपालले तत्कालिन राज्यद्वारा बेपत्ता पारिएका बिपिन भण्डारी र दिल बहादुर राईको स्मरणमा अन्तरक्रिया गर्ने भएको छ । अन्तरक्रिया असार ३ गते मध्यान्ह १२ बजे नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी काठमाण्डौमा हुने बताइएको छ । राज्यद्वारा बेपत्तायोद्दा परिवार समाज नेपालको आयोजनामा ‘शान्ति र बर्तमान राजनीतिक परिस्थिति’ बिषयक एक दिवशीय अन्तरक्रिया कार्यक्रम हुनेछ । उक्त कार्यक्रमका अतिथिहरु सभामुख कृष्ण बहादुर महरा, बरिष्ठ अधिबक्ता तथा पुर्व सभामुख दमननाथ ढुंगाना, सांसद तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता योगेश भट्टराई, नेपाली कांग्रेसका नेता कृष्ण सिटौला र प्रदिप पौडेल लगायतका नेताहरु उपस्थित हुने राज्यद्वारा बेपत्तायोद्दा परिवार समाज नेपालका अध्यक्ष एकराज भण्डारीले बताए ।
अन्तरक्रिया कार्यक्रममा पत्रकार, बुद्धिजीबी तथा सरोकारवालाहरुलाई उपस्थितिका लागि बेपत्तायोद्दा परिवारले अनुरोध समेत गरेको छ । बिपिन भण्डारी र दिल बहादुर राईलाई काठमाडौँको चावहिल स्थित सुकेधारामा डेरामा सुतिरहेको कोठाबाट २०५९ साल असार ३ गते प्रहरीले गिरफ्तार गरि बेपत्ता बनाएको थियो ।
जनयुद्धका क्रममा तत्कालीन भुमिगत माओवादी पार्टीसँग सम्बद्ध बिद्यार्थी संगठनमा कार्यरत भएको अभियोगमा उनीहरु ३ जनालाई गिरफ्तार गरेको थियो । उनीसंगै गिरतार भएका कबि गौतम संयोगले छुटेका थिए तर बिपिन भण्डारी र दिल बहादुर राई अहिलेसम्म बेपता छन् ।