गैरन्यायिक हत्याको निस्पक्ष छानबिन गर्न माग
काठमाडौँ , ६ असार । नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल नेपाल भूमिहीन सुकुम्बासी संघ केन्द्रीय समितिका अध्यक्ष ओमप्रकाश पुनले सर्लाही जिल्ला इन्चार्ज तथा जनकपुर ब्युरो सदस्य कुमार पौडेललाई प्रहरीले नियन्त्रणमा लिएर हत्या गरेको घोर आपत्ति जनाएका छन । उनले शाेकाकुल परिवार प्रति गहिरो समवेदना र सहिद कुमार पाैडेलप्रति हार्दिक श्रद्धाञ्जली ब्यक्त गर्दै सो गैरन्यायिक हत्याको निस्पक्ष छानबिन गरिदिन हार्दिक अपिल समेत गरेका छन ।
यस बिषयमा अखिल नेपाल भूमिहीन सुकुम्बासी संघ केन्द्रीय समितिका अध्यक्ष ओमप्रकाश पुनले जारी गरेको प्रेस विज्ञप्तिको पूर्ण बिबरण यस्तो छ – “अखिल नेपाल भूमिहीन सुकुम्बासी संघ केन्द्रीय सल्लाहकार समितिका संयाेजक कमरेड कुमार पाैडेललाई केपी अाेलीकाे सामाजिक दलाल फाँसिवादी सरकारकाे हत्याराे पुलिसले यहीँ असार ५ गते सर्लाही जिल्लाको लालवन्दी एक लखन्ती खाेलामा कथित मुडभेटकाे नाममा गाेली हानी निर्ममतापुर्वक हत्या गरेको घटना प्रति हाम्रो संगठनको गम्भीर ध्यानाकर्षण भएको छ । हामी केपी अाेलीकाे दलाल सरकारको जनहत्याराे पुलिसको यश प्रकारको गैरन्यायिक हत्याको घाेर निन्दा एवं भर्त्सना गर्दछौं । सर्लाही लगाएत देशभरका भूमिहीन सुकुम्बासीहरुकाे हक, अधिकार र मुक्तिका खातिर दिनरात क्रियाशील याेद्धा कमरेड कुमार पाैडेलकाे कायरतापुर्ण हत्याले हामी सम्पूर्ण भूमिहीन सुकुम्बासीलाई निकै मर्माहत बनाउनुका साथै अाक्राेसित पनि बनाएको छ । हामी याे हत्याको बिरुद्धमा देशभरका भूमिहीन सुकुम्बासीहरु एकताबद्ध भएर संघर्षमा उत्रिन अपिल पनि गर्दछौं । हामी हाम्रो संगठनका तर्फबाट कमरेड कुमार पाैडेललाई संगठनको प्रथम सहिद पनि घाेषणा गर्दछौं र उहाँको हत्याको बिरुद्धमा नेपाल कम्युनिस्ट पार्टीले अाहुवान गरेको असार दस गतेको नेपाल बन्द लगाएका कार्यक्रम प्रति पुर्ण सहभागिता र एक्यवद्धता पनि जनाउदछाै । हामी हाम्रो संगठनका अभिभावक तथा जुझारु याेद्धा कमरेड कुमार पाैडेलकाे कायरतापुर्ण हत्याको बदला लिने र शाेकलाई शक्तिमा बदल्ने प्रण पनि गर्दछौं । यसमा मानवअधिकार कर्मि, नागरिक समाज, मित्र संगठन, संचारकर्मि, बुद्धिजीवी र न्यायप्रेमी जनसमुदायलाई अाअाफ्नाे ठाउँबाट सहयोग गरि गैर न्यायिक हत्याको निस्पक्ष छानबिन गरिदिन पनि हार्दिक अपिल गर्दछौं । साथै हामी गर्दछौं ।”