बन्दुक बोकेर दलाल सत्ता ध्वस्त पार्ने चेतावनी
काठमाडौं, ४ साउन । नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) का महासचिव मोहन बैद्यले ‘विप्लव’ नेतृत्वको नेकपासँग एकता गर्ने र हतियार उठाउने घोषणा गरेका छन् । महासचिव बैद्यले प्राईम टाईम टाईम्स टेलिजिभनबाट आज राति ८ः०० बजे प्रशारण हुने कार्यक्रम ‘जनता जान्न चाहन्छन्’ मा पत्रकार ऋषि धमलासँगको कुराकानीमा यस्तो घोषणा गरेका हुन् । उनले एकताको लागि विप्लवसँग कुराकानी भैरहेको सुनाए । ‘पहिला हामी गठबन्धन गछौं । त्यसपछि राजनीतिक मुद्दामा सहकार्य गर्छौं । अन्ततः हामी एकता गर्छौं।’
उनले विप्लवसँगको एकतासँगै अहिले कायम रहेको संसदीय व्यवस्थालाई ध्वस्त पार्ने पनि चेतावनी दिए । उनले सत्तारुढ दल नेकपाका अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ असली कम्युनिष्ट नै नभएको आरोप लगाए । उनले भने ,‘उनीहरु असली कम्युनिष्ट नै होईनन् । कम्युनिष्टको नाममा बरु बदनाम बनाउने काम गरेका छन् ।