युवा संगठनका नेतालाई बिनाशर्त रिहा गर्न माग

२०७६ श्रावण ९ गते, बिहीबार

काठमाडौं, ८ साउन । नेपाल कम्युनिस्ट पार्टीले युवा संगठन, नेपालका तनहुँ जिल्ला अध्यक्ष नेत्र थपा र जिल्ला सचिव दृष्टिलाई साउन ७ गते दमौली बजारबाट गिरफ्तार गरेकोप्रति घोर भत्र्सना र निन्दा गर्दै विना सर्त स–सम्मान रिहा गर्न माग गरेको छ ।
सो पार्टीका तनहुँ जिल्ला इन्चार्ज पूर्णजीत पुन र सेक्रेटरी आनन्दले बुधबार एक विज्ञप्ति निकाली जिल्ला सदस्य तथा युवा संगठन, नेपालका तनहुँ जिल्ला अध्यक्ष नेत्र थपा र युवा संगठन, नेपालकै जिल्ला सचिव दृष्टिलाई साउन ७ गते केपी–बादल गृह प्रशासनले दमौली बजारबाट विना कारण गिरफ्तार गरेकोप्रति घोर भत्र्सना र निन्दा गर्दै विना सर्त स–सम्मान रिहा गर्न आग्रह गरेका हुन् । इन्चार्ज पुन र सेक्रेटरी आनन्दले विज्ञप्तिमा भनेका छन्, ‘यतिवेला कथित दुई तिहाइ बहुमतको नामधारी कम्युनिस्ट सरकार लगातार फासिवादी अभ्यासमा मैमत्त छ । देशको समस्याहरु झन्झन् विकराल बन्दैछन् । राष्ट्रियता, जनतन्त्र र जनजीविकाका अहम् प्रश्नहरु सरकारले समाधानतिर होइन थप बल्झाउँदै लगेको छ । मुलुकको मुल समस्यालाई वैज्ञानिक र दिर्घकालिन समाधान दिनका निम्ति हाम्रो पार्टीले आफ्नो स्पष्ट दृष्टिकोण, विचार, नीति, सिद्धान्त र कार्यक्रमसहित एउटा ऐतिहासिक राजनैतिक जिम्मेवारीकासाथ सक्रिय भइरहेको छ, तर केपी–बादल मण्डलीको फासिवादी सरकारले निर्लज्जतापूर्वक असंवैधानिक, निरंकुश र फासिवादी अहंकारसहित हाम्रो पार्टीमाथि प्रतिबन्ध लगाएको छ । राजनैतिक शक्तिहरु, नागरिक समाज, मानवअधिकारवादी, बुद्धिजीवी, पत्रकार, विभिन्न व्यक्तित्वहरु र आम नेपाली जनताले प्रतिबन्ध र राज्य आतंकको विरोध गर्दागर्दै पनि विदेशी प्रभुको गुलामीमा तल्लीन दलाल पुँजीवादी सरकारले हाम्रो पार्टीका नेता, कार्यकर्ता, सहयोगी, शुभचिन्तकहरुलाई दमन गर्ने, झुठा मुद्दा लगाउने, हत्या गर्ने जस्ता हिटलरी हर्कत नाङ्गोरुपमा जारी राखेको छ । हिजो मात्रै हाम्रो तनहुँ जिल्ला पार्टी सदस्य तथा युवा संगठन नेपालका तनहुँ जिल्ला अध्यक्ष कमरेड नेत्र थापा र युवा संगठन नेपालका जिल्ला सचिव कमरेड दृष्टिलाई जिल्ला प्रहरी कार्यालय तनहुँले दमौली बजारबाट विना कारण गरेको गिरफ्तारीप्रति हाम्रो पार्टी घोर भत्र्सना र निन्दा गर्दछ । साथै कमरेड नेत्र र कमरेड दृष्टिलाई विना सर्त स–सम्मान रिहा गर्न आग्रह गर्दछ ।’
इन्चार्ज र सेक्रेटरीले विज्ञप्तिमा भनेका छन्, ‘हाम्रो पार्टी शान्तिपूर्ण भेला, सम्मेलन, जनभेटघाट र सामाजिक अभियानहरुमा रहेको यो बेला सामाजिक दलाल फासिवादी सरकारले अनावश्यक धरपकड र दमनलाई जारी राख्ने हो भने त्यसको परिणाम गम्भीर हुने चेतावनी दिन चाहन्छौं । उत्पन्न गम्भीर स्थितिको सम्पूर्ण जिम्मेवारी नालायक फासिवादी सरकारले नै लिनुपर्नेछ । तनहुँमा राजनैतिक आवरणधारी केही स्यालहरुलाई सचेत पार्न चाहन्छौं कि हाम्रा कार्यकर्ता, सहयोगी र शुभचिन्तकहरुलाई अराजनैतिक रुपमा विभिन्न हतकण्डाहरु प्रयोग गर्ने, प्रशासनको दुरुपयोग गर्ने, गिरफ्तार गराउने, मानसिक यातना दिने, अनैतिक र लज्जित तमसुकमा हस्ताक्षर गराउने जस्ता मरेको बाघको जुंगा उखेल्ने बदनियतपूर्ण दुष्कर्म नगर्न हाम्रो पार्टी आग्रह गर्दछ । प्रहासनले पनि प्राकृतिक सम्पदाको दोहन गर्ने, गुण्डागर्दी गर्ने, दलाली गर्ने, भ्रष्टाचार गर्ने, कमिसन खाने तथा माफियाहरु र लुटतन्त्र मच्चाउनेहरुको दास नबन्न र संरक्षण नगर्न हाम्रो पार्टी गम्भीरतापूर्वक आग्रह गर्दछ ।’

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु