ने.क.पा. कास्कीका सेक्रेटरी सुजन गिरफ्तार
काठमाडौं, १२ साउन । नेपाल कम्युनिष्ट पार्टी कास्कीका सेक्रेटरी लोकेन्द्र बिक”सुजन”ले पोखराबाट गिरफ्तार भएका छन् । सेक्रेटरी सुजनलाई जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले हिजो दिउसो साढे ३ तिर पोखरा महानगरपालिका वडा नम्बर ५ मालेपाटनबाट गिरफ्तार गरेको जनाइएको छ । पार्टी कामको शिलशिलामा रहेका उनलाई गिरफ्तार गरेको ने.क.पा.स्रोतले जानकारी दिएको छ।
यसअघिका कास्कीका सेक्रेटरी आक्रोशसँगै प्रहरीले अखिल क्रान्तिकारीका २२ जना नेता कार्यकर्तालाई एकै पटक कास्कीको घान्द्रुकवाट गिरफ्तार गरेको थियो । गिरफ्तार परेका केही कार्यकर्ता छुटिसकेका छन् भने आक्रोशसहित ५ जना अझै प्रहरी हिरासतमा रहेका छन् ।