नेकपाद्वारा बन्द सफल बनाउन अपिल

२०७६ श्रावण १४ गते, मंगलवार

काठमाडौं , १४ साउन । नेपाल कम्युनिस्ट पार्टीले भोली आह्वान गरेको बन्द सफल बनाउन सहयोग गर्न सबैपक्षसँग आग्रह गरेको छ । बन्दको पूर्वसन्ध्यामा ने.क.पा.ले अपिल जारी गर्दै सम्पुर्ण शैक्षिक संस्था, कार्यलय उद्योग कलकारखाना, सार्वजनिक तथा नीजि यातायातका साधन बन्दगरि सहयोग गर्न आग्रह गरेको छ । पार्टी केन्द्रीय सदस्य एवम् उपत्यका ब्युरो ईन्चार्ज माईला लामाको गिरफ्तारीको बिरोध तथा रिहाईको माग गर्दै चरणबद्ध संघर्षमा उत्रिएको नेकपाले भोली बाग्मती, नारायणी ब्युरो सहित जनकपुर ब्युरो अन्तर्गतका जिल्ला बन्दको आह्वान गरेको हो ।
सरकारले निरन्तर आफ्ना नेता र कार्यकर्तालाई गिरफ्तार गर्ने , झुठा मुद्दामा फसाउँदै जेल चलान गर्ने र मुठभेडको नाममा हत्या गर्ने गरेको भन्दै आक्रोशित बनेको नेकपाले दमन र धरपकड बिरुद्ध बन्दसहितका संघर्षका कार्यक्रम घोषणा गरेको थियो ।
बन्दको आव्हान गर्दै नेकपा प्रवक्ता प्रकाण्डले जारी गरेको बिज्ञाप्तिमा संघर्षको कार्यक्रम अन्तर्गत जनप्रतिरोध र जनकारबाहीको समेत उल्लेख भएकोले भोलीको बन्द फरक किसिमको हुने बुझिएको छ । देश राजनीतिक संकटतिर झन्झन् फस्दै गएको भन्दै प्रवक्ता प्रकाण्डले त्यही संकटमाथि पर्दा हाल्न सरकारले पछिल्लो समय नेकपासँग वार्ताको हल्ला गरेको समेत बताउनु भएको छ ।
बन्दको पूर्वसन्ध्यामा आज नेकपाले देशभर मसाल जुलुस समेत निकाल्दै छ । आ आफ्नो अनुकुलतामा आज काठमाडौं उपत्यकासहित देशभर मसाल जुलुस निकाल्ने नेकपाले जनाएको छ ।
यहि साउन ४ गते राति काठमाडौंको काडाँघारीमा सुतिरहेको अवस्थामा व्युरो ईन्चार्ज लामालाई प्रहरीले गिरफ्तार गरेको थियो । पुर्पक्षका लागि थुनामा रहेका नेता लामालाई हाल नख्खु कारागारमा राखिएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु