धिरेन्द्र उपाध्यायलगायत सम्पूर्ण नेतालाई यथाशिघ्र रिहाई गर्न माग

२०७६ श्रावण १६ गते, बिहीबार

काठमाडौं , १६ साउन । नेपाल कम्युनिस्ट पार्टीले हालै गिरफतार गरिएका धिरेन्द्र उपाध्यायलगायत सम्पूर्ण नेता, कार्यकर्ताहरुको यथाशिघ्र रिहाई गर्न जोडदार माग गरेको छ । उसले मानव अधिकार आयोग, मान अधिकारबादी संघ संस्था, सच्चा लोकतन्त्रबादी, नागरिक समाज र सच्चा राष्ट्रवादीहरुलाई रिहाईको निम्ति पहल गरी सहयोग गरिदिन हार्दिक अपिल समेत गरेको छ ।
यस बिषयमा नेपाल कम्युनिस्ट पार्टी काठमाडौंका इन्चार्ज शैलेसले जारी गरेको प्रेश विज्ञप्ती यस प्रकार रहेको छ – “मिति २०७६ साउन १४ गते अन्दाजी दिउँसो २ः४५ बजे पार्टीको जनतासंग घरदैलो अभियान अन्तर्गत राजनैतिक भेटघाट र छलफलको क्रममा हाम्रो पार्टिका काठमाण्डौ जिल्ला सेक्रेटरी क. धिरेन्द्रा उपाध्याय र (भृकुटी) काठमाण्डौकै कपन एरियामा पुग्नु भएको थियो । कपन बालुवाखानी,श्रेष्ठ स्वीमिङ्ग पुल नजिकैको एक घरमा भेटघाट र छलफलमा रहेको अवस्थामा सामाजिक दलाल फाँसिबादी के.पी., वादल, कम्पनी सरकारले न्यूनतम् राजनैतिक अधिकार समेतलाई बन्दुकको बलमा निमोठ्ने गरी गिरफतार गरेको छ । यस घटना प्रति हाम्रो पार्टिको गंभिर ध्यानाकर्षण भएको छ । गिरफतार गरिएका सेक्रेटरी क. धिरेन्द्र उपाध्याय लगायत सम्पूर्ण नेता, कार्यकर्ताहरुको यथाशिघ्र रिहाई गर्न पार्टी जोडदार माग गर्दछ । साथै मानव अधिकार आयोग, मान अधिकार बादी संघ संस्था, सच्चा लोकतन्त्रबादी, नागरिक समाज र सच्चा राष्ट्रवादीहरुलाई रिहाईको निम्ति पहल गरी सहयोग गरिदिनु हाम्रो पार्टी हार्दिक अपिल गर्दछ ।
सच्चा समाजवादी राज्य व्यवस्था प्राप्त गर्नको निम्ति क्रान्तिको प्रकृयामा रहेको हाम्रो पार्टी माथि फासिबादी तथा दलाल पुजीबादका प्रतिनिधि के.पी. सरकारले चलाएको दमन र विनाकारण गरिने धरपकडले क्रान्तिको मार्गलाई कदापी विचलित गराउने छैन । बरु थप क्रान्ति ज्वाजल्यमान बन्दै अगाडी बढ्नेछ । कम्युनिष्टको कार्डमा सरकार चलाएर विदेशीको पाऊ मल्दै कम्यूनिष्टको बदनाम गर्ने के.पी, प्रचण्ड मण्डलीको असली चरित्र एकपछि अर्को नेपाली जनतामा उदाङ्गिदै गएकोछ । क्रान्तिको विकासले क्रान्तिका विरुद्ध गरिने हर प्रकारका षडयन्त्रका तानावानाको पर्दाफास हुँदै जानेछ । हामी एकरत्ति पनि नझुकी निरन्तर क्रान्तिको मार्गमा अगाडी बढ्नेछौ । दलाल सरकारले चलाएको दमन र गैरन्यायिक धरपकडबाट कत्ति पनि विचलित नभई आ–आफ्नो ठाउँबाट प्रतिवाद एवं प्रतिरोध गर्न पार्टी पंक्ति र आदरणीय जनसमुदायमा पार्टी हार्दिक अपिल गर्दछ । फांसिवादबाट सिर्जित समस्याले हामीलाई मात्र होइन, न्यायप्रेमी जनसमुदाय समेतलाई लपेटदै जानेछ । तसर्थ यसको प्रतिवाद एकिकृत जनक्रान्तिले मात्र गर्न सम्भव भएकोले सबै समुदायलाई क्रान्तिको ताकत वरिपरि गोलबन्द हुन अपिल गर्दछौं । ”

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु