३८ क्विन्टल सुन प्रकरणः २८ जनालाई थुनामा राख्न आदेश

२०७६ श्रावण १७ गते, शुक्रबार

काठमाडौं , १७ साउन । सर्वोच्च अदालतले ३८ क्विन्टल सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा महावीर गोल्यान बाहेक अन्य प्रतिवादीहरुलाई रिहा गर्न अस्वीकार गरेको छ । न्यायाधीश अनिल कुमार सिन्हा र सुष्मालता माथेमाको ईजलासले आज गोल्यानलाई १० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिंदै अन्य प्रतिवादीहरुको हकमा मोरङ जिल्ला अदालत र विराटनगर उच्च अदालतले गरेको फैसला सदर गर्ने निर्णय गरेको हो । मोरङ जिल्ला अदालत र विराटनगर उच्च अदालते कुनै पनि आरोपीहरुलाई धरौटीमा रिहा गर्न अस्वीकार गरेपछि गोल्यानले गत मंसीर १४ गते सर्वोच्च अदालतमा रीट हालेका थिए । सर्वोच्चको आदेशबाट प्रतिवादीहरु डिएसपी सञ्जयबहादुर राउत, तुलाराम थारु, रामकुमार तिवारी, गोविन्दप्रसाद निरौला, राजन थापा, गोपालकुमार श्रेष्ठ, हेमन्त गौतम, सम्विरप्रसाद तोलाङ्गे, मदन सिलवाल, अमरमान डंगोल र बालकृष्ण सञ्जेलसहित २८ जना थुनामै रहने छन् ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु