कालिकोट जिल्ला जनपरिषद मदिरा नियन्त्रण अभियानमा

२०७६ भाद्र १५ गते, आईतवार

काठमाडाैँ, १५ भदाै । नेपाल कम्युनिष्ट पार्टी कालिकोट जिल्ला जनपरिषदले जिल्लामा मदिरा सेवनले विकृति विसंगति निम्त्याएको भन्दै नियन्त्रणको अभियान पुनः शुरु गरेको जनाएको छ । जिल्ला जनपरिषदको तर्फबाट अर्जुन वि.क.ले शनिबार एक विज्ञप्ती जारी गदै मदिरा नियन्त्रणको अभियानमा सहयोग गर्न जिल्लाबासी सबैमा अपिल गरेका छन । विज्ञप्तीमा जनताको वैकल्पिक सत्ताको रुपमा स्थापीत जनपरिषदले समाजमा मौलाउदै गएको विकृति विसंगति, भ्रष्टचार, कमिसनतन्त्रका विरुद्ध संघष गर्दै आएको उल्लेख गरिएको छ ।
विज्ञप्तीमा भनिएको छ “दुई वर्ष अगाडी देखी कालिकोटमा मदिरा नियन्त्रणका लागि पहल गर्दै आएको र विविध कारणले यो विचमा फेरी पनि मदिरा बेचविखन र सेवनको कार्य गरेको देखिन्छ । जसले गरिब जनतालाई यो वा त्यो रुपमा प्रत्क्षय रुपमा हानि पुर्याएको छ ।”
त्यसैले अब देखि व्यापारी महानुभावहरुलाई मदिरा बेचविखनको कार्य नगर्न नगराउन यसै विज्ञप्ती मार्फत अपिल गर्दै घरेलु मदिराको लागि गाउँ टोल सर्च अभियान संचालन गरिने छ विज्ञप्तीमा भनिएको छ । विज्ञप्तीमा कुनै पनि हालतमा नियन्त्रण अभियानलाई आम कालिकोट निवासी आमा बुवा, दाजु भाई, दिदी बहिनी, व्यापारी, उद्योग बाणिज्य संघ लगायत सरोकारवाला निकायलाई सहयोगका लागि हार्दिक अपिल गर्दछौ भनिएको छ ।
विज्ञप्तीको अन्तमा समाजमा अप्रिय घटना बढदै गईरहेको प्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै नियन्त्रण अभियानमा असहयोग गर्नेहरुले क्षतिको जिम्मेवार स्वंमनै हुनुपर्ने चेतावनी दिएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु