नेकपाका पाँच नेता रिहा भएलगत्तै अदालत परिसरबाटै पुनः गिरफ्तार

२०७६ भाद्र १७ गते, मंगलवार

काठमाडौं , १७ भदौ । नेपाल कम्युनिस्ट पार्टीका पाँच जना नेता अदालतको आदेशमा रिहा भएलगत्तै प्रहरीले पुन गिरफ्तार गरेको छ । जिल्ला अदालत संखुवासभाले सोमवार रिहा गर्न आदेश दिएलगत्तै प्रहरीले उनीहरुलाई पुन गिरफ्तार गरेको हो । पक्राउ पर्नेहरुमा नेताहरू घनस्याम श्रेठ, कृष्ण कुमार श्रेष्ठ, छिरिङ शेर्पा, माधब गौतम र रमेश खड्का रहेका छन् ।
गत भदौ ९ गते सुनसरीबाट गिफ्तार गरी संखुवासभा पुर्याईएका उनीहरुलाई आज भएको बहस पछि जिल्ला अदालतले धरौटिमा रिहा गर्न आदेश दिएको थियो । बन्दीका तर्फबाट अधिवक्ता भवानी आचार्यले बहस गरेका थिए ।
बहसपछि अदालतले पुस्करलाई ३० हाजार र अन्य ४ जनालाई १५ हजार धरौटिमा रिहा गर्न आदेश दिएके थियो । तर प्रहरीले अदालत परिसरबाटै उनीहरुलाई पुन गिरफ्तार गरेको छ ।
गिरफ्तार परेका मध्ये पुस्कर र प्रज्वललाई मोरङ, छिरिङ र रमेशलाई सुनसरी लैलाने तयारी गरिएको बुझिएको छ । पुस्कर, प्रज्वल, माधव र रमेश गत बैशाख १७ गते सुनसरी जिल्ला अदालतकोले धरौटीमा रिहा गर्न आदेश दिएपछि धरौटी बुझाउन अस्ीकार गर्दै सुनसरीको झुम्का कारागार चलन भएका थिए । तर भदौ ९ गते उनीहरुले धरौटी बुझाएपछि पुनः अदालत परिसर भित्रवाटै पक्राउ गरि संखुवासभा लगिएको थियो । उनीहरुलाई चैनपुरमा राखिएको प्रहरीले बताएको थियो ।
पुस्कर र माधव गत चैत १० गते तथा प्रज्वल चैत १३ गते मोरङबाट र रमेशलाई चैत १२ गते सुनसरीबाट प्रहरीले रिफ्तार गरेको थियो । भने छिरिङलाई संखुवासभाबाटै गिरफ्तार गरेको थियो ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु