राष्ट्रपति भण्डारी जापान भ्रमणमा

२०७६ कार्तिक ३ गते, आईतवार


काठमाडौँ, ३ कार्तिक । हाल म्यानमारमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारी त्यतैबाट जापानको तीन दिने औपचारिक भ्रमणमा जाने भएकी छन् । जापानको नयाँ राजा नारुहितोको राज्याभिषेक समारोहमा सहभागी हुन राष्ट्रपति भण्डारी जापान जान लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ । जापानमा कात्तिक ५ गते नयाँ राजाको राज्याभिषेक समारोह आयोजना गरिएको छ । भ्रमणका क्रममा भण्डारीले जापानी प्रधानमन्त्री सिन्जो आबेसँग द्विपक्षीय वार्ता गर्ने बताइएको छ । सोही अवसरमा राष्ट्रपति भण्डारीले भारतीय राष्ट्रपति रामनाथ कोविन्दसँग जापानमा भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
राष्ट्रपति भण्डारीसँग भ्रमणमा गृहमन्त्री रामबहादुर थापा समेत सहभागी हुने मन्त्रालयले जनाएको छ । भण्डारी कात्तिक ६ गते नेपाल फर्कने कार्यक्रम रहेको छ ।

प्रतिक्रियाहरु

[anycomment]