‘प्रचण्डको विश्वास छैन, बाबुरामको राजनीति सकियो’

२०७६ कार्तिक ६ गते, बुधबार

काठमाडौं , ६ कार्तिक । नेकपा क्रान्तिक्रारी माओवादीका महासचिव मोहन वैद्यले प्रचण्डको विश्वास नभएको र बाबुरामको राजनीति सकिएको ठोकुवा गरेका छन । नेकपा क्रान्तिकारी माओवादी प्युठानले आज गरेको पत्रकार भेटघाट कार्यक्रममा सो ठोकुवा गरेका हुन । वैद्यले तत्कालीन १० वर्षे जनयुद्धको समयमा भएको सहकार्यलाई स्मरण गर्दै प्रचण्ड र बाबुरामले पुराना सबै कुरा बिर्सिसकेको बताउदै वैद्यले भने–‘प्रचण्डको विश्वास छैन, बाबुरामको राजनीति असम्भव छ, अब बाबुराम सकिए ।’
वैद्यले आगामी मंसिर १४ गतेका लागि तय गरिएको उपनिर्वाचन आफ्नो पार्टीले बहिस्कार गर्ने पनि बताए । ‘अहिलेको सरकार बन्दाम अवस्थामा छ’ उनले भने, ‘गतल क्रियाकलापको विरोध गर्दै हामीले उपनिर्वाचनलाई बहिस्कार गरेका हौं ।’ आफ्नो पार्टीले उपनिर्वाचको समयमा विरोधका कार्यक्रम गर्ने उनको भनाइ छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

२ लाख ५७ हजार ५०५ नयाँ मतदाता

२०८२ कार्तिक ३० गते, शनिबार

२५ अत्यावश्यक सेवामा हडताल गर्न निषेध !

२०८२ कार्तिक २९ गते, शुक्रबार