नेकपाका काभ्रे स्क्रेटरी थोकर पक्राउ
काठमाडौं, ७ कात्तिक । जिल्ला प्रहरी कार्यालय धुलिखेलको टोलीले नेपाल कम्युनिष्ट पार्टीका काभ्रेपलाञ्चोक जिल्ला सेक्रेटरी सुन्तली थोकरलाई पक्राउ गरेको छ । थोकरलाई गएराति १२ बजे उनकै घरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । पनौती नगरपालिका–९ शङ्खुस्थित घरबाटै थोकरलाई मध्यराति पक्राउ गरेको प्रहरी उपरीक्षक जयराज सापकोटाले जानकारी दिए ।