नेकपाद्वारा किसानलाई जग्गा फिर्ता नगरे कडा कारवाही !

२०७६ कार्तिक १० गते, आईतवार

काठमाडौँ , १० कार्तिक । नेपाल कम्युनष्टि पार्टी कास्कीले पोखरा महानगरपालिका वडा नं. २३ चापाकोटस्थित साढे ३७ रोपनी बिबादित जमिनमा झण्डा गाड्‍दै किसानलाई सो जग्गा फिर्ता नगरे कडा कारवाही गर्ने चेतावनी दिएको छ । किसानले उत्तम पुन र नविन पुन समूहले सञ्चालन गरेको नेपाल सहकारी संस्था लिमिटेडले बिना सूचना आफूहरुको जग्गा सहकारीको नाममा पास गरेको भन्दै फिर्ताको लागि लामो समयदेखि माग गरिरहेका थिए । तर अहिलेसम्म पनि उक्त जमिन फिर्ता गरिएको थिएन । पार्टीको झण्डा गाड्दै नेकपाका कार्यकर्ताहरुले कुनै पनि व्यक्ति वा संस्थाले सो जमिन खरिद बिक्री वा बितरण गरेमा सशक्त कारवाही गर्ने भन्दै कारवाही किन भन्ने पर्चा समेत वितरण गरेको छ । सो पर्चामा नेपाल सहकारीका सञ्चालकद्वय उत्तम पुन र नविन पुनले किसानहरुको जग्गा फिर्ता नगरी नक्कली दलाल खडा गरी तेस्रो व्यक्तिलाई जग्गा दिने काम सुरु गरेकोमा आपत्ति जनाएको छ ।
२०५७ सालमा स्थानीय किसानहरु देवीरमण चापागाई, पूर्णाखर सुनार, कृष्णप्रसाद अधिकारी, कुलप्रसाद पराजुली, बलरााम अधिकारी र गोपालप्रसाद पराजुलीले नेपाल सहकारी संस्था लिमिटेडबाट संयुक्त रुपमा ९ लाख रुपैयाँ ऋण लिएका थिए । पीडित गोपालप्रसाद पराजुलीले गाईपालनका लागि ऋण लिएको बताए ।

प्रतिक्रियाहरु

[anycomment]