नेकपाद्वारा गैरन्यायिक गिरफ्तारीकाे घोर निन्दा

२०७६ मंसिर १ गते, आईतवार

काठमाडाैँ, १ मंसिर । नेपाल कम्युनिस्ट पार्टीले स्वतन्त्र रुपले हिड्डुल गर्न पाउने अधिकारलाई बञ्चित गर्दै गैरन्यायिक गिरफ्तार गरिएकाे प्रति घोर निन्दा गरेको छ । सो पार्टीका दाङ जिल्ला सदस्य निमबहादुर डागीलाई घरायसी कामकाजमा हिडिरहेकाे बेला विना कारण बबई गाउँपालिका ट्वाङखाेलामा शनिबार साँझ प्रहरीले गिरफ्तार गरेको जनाएको छ ।
यस बिषयमा सो पार्टीका दाङ सेक्रेटरी रतनले एक प्रेस विज्ञप्ति जारी गरि घरायसी कामकाे सिलसिलामा ट्वाङखाेलामा माेटरसाइकलमा हिडिरहेकाे अवस्थामा गिरफ्तार गरिएको जानकारी गराउदै स्वतन्त्र रुपले हिड्डुल गर्न पाउने अधिकारलाई बञ्चित गर्दै केपी वली सरकारकाे प्रशासनले गिरफ्तार गरि गैरन्यायिक ढंगले हिरासतमा राखिएको भन्दै घाेर भत्र्सनासहित निसर्त रिहाइको माग गरेका छन । अन्यथा चरणबद्ध संघर्षमा उत्रन बाध्य हुने र यसकाे जिम्मेवार स्वयं सरकार हुने पनि चेतावनी दिएका छन । सरकार नेपाल कम्युनिस्ट पार्टीको विरुद्धमा निर्ममतापूर्वक अगाडि बढिरहेको छ र पार्टीका नेता कार्यकर्तालाई गिरफ्तार गर्ने, धरपकड गर्ने, झुठ्ठा मुद्दा लगाउने कार्य गरिरहेकाे छ विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

२ लाख ५७ हजार ५०५ नयाँ मतदाता

२०८२ कार्तिक ३० गते, शनिबार

२५ अत्यावश्यक सेवामा हडताल गर्न निषेध !

२०८२ कार्तिक २९ गते, शुक्रबार