मालपोत प्रमुख घुससहित पक्राउ
काठमाडौं, ६ मंसिर । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासको टोलीले मालपोत कार्यालय सिराहाका प्रमुख रामबाबु मण्डल ५ लाख रुपैयाँ घुससहित पक्राउ गरेको छ । मण्डल आफ्नै कार्यकक्षबाट सेवाग्राहीसँग घुस लिँदालिँदै पक्राउ गरेका हुन् ।
सुकुम्बासीको नाममा आएको जग्गाको विषयमा उच्च अदालत, विराटनगरले प्रमाण माग गरेपछि पीडित मालपोत कार्यालयमा पुगेका थिए । त्यससम्बन्धी कागज माग्ने क्रममा मण्डलले कागज दिन आनाकानी गरेर रकम माग गरेको अख्तियारमा उजुरी परेको थियो ।