समाजवादी पार्टीको पदाधिकारीको बैठक बस्दै
काठमाडौं, ७ मंसिर । समाजवादी पार्टीले सरकारबाट बाहिरिने वा रहने भन्ने विषयमा छलफल गर्न पदाधिकारीको बैठक बोलाएको छ । पछिल्लोपटक सरकारले चालेको कदमबारे छलफलका लागि पदाधिकारी बैठक बोलाएको हो । बुधबार पार्टीका केन्द्रीय अध्यक्ष तथा सरकारका उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवको अनुपस्थितिमा प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरुको हेरफेर गर्नुका साथै सरुवासमेत गरेको थियो । जसमा यादव स्वास्थ्यबाट सरुवा भएर कानुन मन्त्रालय पुगेका थिए । यता समाजवादीकै कोटामा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा राज्यमन्त्री डा सुरेन्द्र यादवलाई हटाइएको थियो । सरकारको पछिल्लो कदमले समाजवादी रुष्ट भएको छ । अब सरकार छाड्ने कि यथावत रहने भन्नेमा यादवसहितको बैठकले निष्कर्ष निकाल्ने बुझिएको छ ।