काँग्रेसभित्र विवाद चर्कदै

२०७६ पुष ६ गते, आईतवार

काठमाडौं ,६ पुष । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले केन्द्रीय समितिको बैठक बहिस्कार गरेपछि प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस भित्रको विवाद झन् चर्कदै गएको छ । महाधिवेशनको कार्यतालिका, नेविसंघ, तरुण दल र विभाग गठनको विषयमा प्योकजमा सहमति नभएसम्म केन्द्रीय समितिमा नजाने पौडेल पक्षको अडानले केन्द्रीय समिति बैठक आह्वान हुँदै स्थगित हुने श्रृंखला दोहोरीरहेको छ । पौडेल पक्षले पछिल्लो पटक बहिस्कार गरे यता कांग्रेस केन्द्रीय समिति चार पटक स्थगित भइसकेको छ । बैठक फेरि पुस १० गतेका लागि बोलाइएको छ । जुन कारण बैठक स्थगित हुने परस्थिति बन्यो, त्यसको समाधानका लागि भने खासै काम भएको छैन ।
सभापति शेरबहादुर देउवा पक्षधर नेपाल विद्यार्थी संघ र तरुण दलमा नेतृत्व पाउनुपर्ने अडानमा छ । नेविसंघमा पार्टी विलय गराएर काँग्रेसमा गएका विजयकुमार गच्छादार समुह र कृष्ण सिटौला समुहलाई पनि नेविसंघमा एक एक महामन्त्री दिन देउवा पक्षले गरेको प्रस्तावबाट पौडल समूह थप चिढिएको छ । तरुण दलमा पनि देउवा पक्षले सचिव थप्ने प्रस्ताव गरेको छ भने वर्तमान अध्यक्षलाई कायम गरी महासचिवमा पौडल पक्षसँग नयाँ अनुहार दिन भनेको छ । तरुण दलमा अध्यक्ष र महासचिवबीच द्वन्द्व छ । पौडेल पक्ष महासचिव हटाउन तयार छैन । सचिव थप्न पनि मानिरहेको छैन । पौडेल पक्ष धेरै पद राखेर आफ्नो समूहमा देउवा पक्षले खेल्न खोजिरहेको बुझाइमा छ ।
सभापति देउवा पक्षका वार्ता टोली प्रमुख उपसभापति विमलेन्द्र निधी १४ औं महाधिवेशनको कार्यतालिका र म्याद थपमा खासै समस्या नभएको भन्दै नेविसंघ र तरुण दलमा प्रतिनिधित्वको विषयले कुरा मिल्न समय लागेको स्वीकार गर्छन् । केन्द्रीय समिति बहिस्कार गरी नियमित जसो गुटगत छलफलमा रहेको पौडेल पक्षभित्रै पनि यी सबै विषयमा एक मतको धारणा छैन । वरिष्ठ नेता रामचन्द्र पौडेल नेविसंघ र तरुण पदाधिकारी संख्या थप्न नुहने पक्षमा छन् । महामन्त्री डा. सशांक कोइराला, प्रकाश्मान सिंह, कृष्ण सिटौलालगायतका नेता पदाधिकारीको संख्या थप्दा पनि खासै समस्या नुहनेमा छन् ।

प्रतिक्रियाहरु

[anycomment]