प्रहरी कार्यालय नजिकै शंकास्पद वस्तु फेला

२०७६ पुष ७ गते, सोमबार

काठमाडाैँ, ७ पुष । जनकपुर उपमहानगरपालिका वडा नम्बर ४ को शुक्रबारे बजार नजिकै शंकास्पद वस्तु फेला परेको छ । घटनास्थलदेखि जिल्ला प्रहरी कार्यालय पनि नजिकै पर्छ । शंकास्पद वस्तु फेला परेपछि प्रहरीले सडकमा आवतजावत ठप्प पारेको छ । शंकास्पद वस्तु पहिचानका लागि नेपाली सेनाको डिस्पोजल टोली घटनास्थलमा पगेको छ । यसअघि गएको हप्ता धनुषाका विभिन्न स्थानमा बम तथा शंकास्पद बस्तु भेटिएका थिए । बम बिस्फोट हुँदा प्रहरी निरीक्षकसहित तीनजनाको मृत्यु समेत भएको थियो ।

प्रतिक्रियाहरु

[anycomment]