देजमोको कार्यक्रममा प्रहरी दमन

२०७६ पुष १३ गते, आईतवार

काठमाडौं , १३ पुष । नेकपा (क्रान्तिकारी माओवादी) सम्बद्ध देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालले लिम्पियाधुरा, लिपुलेक, कालापानी लगायत भारतीय विस्तारवादद्वारा अतिक्रिमित भूमि फिर्ताको माग गर्दै गरेको कार्यक्रममा प्रहरीद्वारा दमन भएको छ । राष्ट्रिय स्वाधीनताको विषयमा आज प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र बुझाउन माइतीघर मण्डलाबाट नाराजुलुससहित सिंहदरबार जाने क्रममा निषेधित क्षेत्र नपुग्दै धोवीखोला नजिक भाटभटेनी अगाडि प्रहरीले अन्धाधुन्ध लाठी चार्ज गरी दमन भएको हो । लाठिचार्जबाट नेताहरु दिनेश शर्मा, पवनमान श्रेष्ठ, सुरेश श्रेष्ठ लगायत दर्जनौं नेताहरु घाइते हुन पुगे भने नेताहरु सीपी गजुरेल, परि थापा, पवनमान श्रेष्ठ, सुरेश श्रेष्ठ लगायत दर्जनौंलाई गिरफ्तार गरिएको छ ।

प्रतिक्रियाहरु

[anycomment]