एम सि सि सम्झौता : अमेरिकी साम्राज्यवादको नाङो हस्तक्षेप

२०७६ पुष १५ गते, मंगलवार

काठमाडौं , १५ पुष । नेपाल कम्युनिस्ट पार्टी कालिकोटले पलाता गाउँपालिकामा एमसिसि सम्झौताको विरुद्धमा भब्य जनसभा सम्पन्न गरेको छ । उक्त जनसभालाई जिल्ला सेक्रेटरी रणदिपले सम्बोधन गरेका थिए । पलाता गाउँपालिका ईन्चार्ज पदम बमको सभापतित्व र जिल्ला सेक्रेटरी रणदिपको प्रमुख अातिथ्यतामा सम्पन्न कार्यक्रममा अन्य नेताकार्यकर्ता र सयौं जनसमुदायको उपस्थिती रहेको थियो । उक्त कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी रणदिपले एमसिसि सम्झौता भनेकै इण्डोपेसाेफिक रणनितीकै एक अंग भएको र अमेरिकी साम्राज्यवादको नाङो हस्तक्षेप भएको ठोकुवा गरेका छन । अमेरिकी हस्तक्षेपका विरुद्ध उठ्न अाम कालिकोटबासी जनसमुदायलाई अपिल गर्दै देशभक्त बामपन्थी प्रगतिशिल शक्ति सबै एक ठाउँमा अाएर बिदेशी शक्तीहरुको दादागिरीका विरुद्ध लड्नु बाहेक अर्को विकलप नरहेको धारणा ब्यक्त गरे । साथै बर्तमान कम्युनिष्ट सरकार बिदेशीलाई रिजाएर अाफ्नो लुटको स्वर्ग बचाउन लागेकोले राष्ट्रियता धरापमा परेको बताए । उक्त कार्यक्रममा सामना साँस्कृतिक परिवारले बेजोड राष्ट्रवादी गित नृत्य प्रस्तुत गरेको थियो ।

प्रतिक्रियाहरु

[anycomment]