गाउँपालिका कार्यालयमा आगजनी

२०७६ माघ ८ गते, बुधबार

काठमाडाैँ, ८ माघ । अज्ञात समूहले बैतडीको डिलाशैनी गाउँपालिकाको वडा नं ३ पन्सेरामा रहेको सम्पर्क कार्यालयको प्रशासन शाखामा आगजनी गरेको बताइएको छ । यसैगरी गाउँपालिकाको म १ च ४८८ नम्बरको स्कोर्पियोमा पनि आजगनी गरिएको बताइएको छ। गाउँपालिकाले भाडामा लिएको सो स्कार्पियो गाडी नेकपाका अध्यक्ष सुरेन्द्र पालले चढ्दै आएका थिए। डिलाशैनी गाउँपालिका ३ पन्सेरास्थित अध्यक्ष पालकै घरको मूलगेटमा प्रेसरकुकर बम पनि फेला परेको छ। पालकै से १ च ४५९ नम्बरको जेसिबिमा पनि आगजनी गरिएको छ। आगजनी र बम कसले र किन राखिएको भन्नेबारे केही खुल्न नसकेको बैतडीका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक डिल्लीनारायण पाण्डेयले जानकारी दिए। डिलाशैनी गाउँपालिका केन्द्रको बिषयमा लामो समयदेखिको विवाद हुदै आएको छ । राज्य पुनर्संरचनाका क्रममा डिलाशैनी गाउँपालिका–७ मा केन्द्र तोकिएको भएपनि हाल सम्पूर्ण कामकाज वडा नं ३ वाट हुँदै आएका छन्।

प्रतिक्रियाहरु

[anycomment]