काग्रेस केन्द्रीय समितिको बैठक बस्दै
काठमाडौँ, २७ माघ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले केन्द्रीय समितिको बैठक आज दिउँसो १ बजे बोलाएको छ । बैठकमा पार्टीको नियमावलीका साथै क्रियाशील सदस्यता छानविन समिति गठनका विषयमा छलफल हुने बताइएको छ। त्यसका साथै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पार्टी उपसभापति विजयकुमार गच्छदारसहित १ सय ७५ जनाविरुद्ध विशेष अदालतमा दायर मुद्दाका विषयमा पनि छलफल हुनेछ। सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी९नेकपा०का नेता एवं तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल, महासचिव विष्णु पौडेलविरुद्ध मुद्दा दायर नगरेर अख्तियारले पूर्वाग्रह राखेको भन्दै कांग्रेसले सडक र सदन अवरुद्ध गर्दै आएको छ। त्यस विषयमा पनि सोमबारदेखि सुरु हुने केन्द्रीय समितिको बैठकमा छलफल हुनेछ।