कालिकाेटको सान्नि त्रिवेणिमा जनयुद्ध दिवस भब्यरुपमा सम्पन्न

२०७६ फाल्गुन २ गते, शुक्रबार

काठमाडौं, २ फागुन । नेपाल कम्युनिस्ट पार्टी निकट युवा संगठन नेपाल कालिकाेटले सान्नि त्रिवेणि गा.पा. मा २५ अाैँ जनयुद्ध दिवस भब्यरुपमा मनाएकाेछ । उक्त कार्यक्रममा संगठनका अध्यक्ष क. अात्मा क्षेत्रिले बाेल्दै उपस्थित सहिद परिवार, घाईते, याेद्दा ,बेपत्ता परिवार तथा उपस्थित सम्पर्णलाई शुभकामना दिदै जनयुद्धमा साहदत प्रप्त गर्ने सहिदहरुका सपना,घाईते ,अपाङ्गहरुकाे अधुराे यात्रा र श्रमजीवी सर्वाहाराकाे सपनालाई साकार पार्ने र दलालहरुकाे अन्त्यकाे लागि सयाै संघर्षका कार्यहरु गर्ने भन्दै सम्पुर्ण नेपाली युवा युवतीहरुलाई अाफ्नाे अधिकारकाे निम्ति फासिबादि सरकारसंग प्रतिवाद गर्दै अघि बढ्न अपिल गरे । नेपाली युवाहरुले आफ्नै भुमिमा अाफै उतपादन गरेर जिविकोपार्जन गर्नु पर्ने र बिदेशमा गएर बिदेशि हस्तक्षेप नसहन अनुराेध गर्दै युवाहरु एकजुट भएर नेपालमा बिदेशि चलखेल रोक्न नेपाली एक भएर लाग्न जाेड दिए । वर्तमान राज्य ब्यावस्थामा केही दलालहरुकाे नेतित्वले देशलाई नाङ्गाे पारिसकेकोले अब युवाहरुले देशकाे रक्षा गर्नु पर्ने बताए । उक्त शुभकामना कार्यक्रमा कालिकाेटका सहिद परिवार,बेपत्ता परिवार,घाईते याेद्दा, युवा,बिद्धिजिवि ,शिक्षाक , महिलाहरुकाे बाक्लो उपस्थिति रहेकाे थियाे ।

प्रतिक्रियाहरु

[anycomment]