भारतले फेरी सिमाना मिच्यो

२०७६ फाल्गुन ६ गते, मंगलवार

काठमाण्डौं , ६ फागुन । भारतले फेरी दार्चुलामा सिमाना मिचेको छ । भारतीयहरुले महाकालीमा एकतर्फी नदीमा पुल बनाउनुका साथै डोजर प्रयोग गरेर सयौं मिटर बाटो समेत बनाएर प्रयोग गर्न थालेको छ । ब्यास नगरपालिकाको दोप्चे स्थित भारतीय सुरक्षा फौज हतियार सहित गस्तीमा हिड्ने, नेपालको रुख बिरुवा काट्ने, सडक निर्माणमा गरेको बिष्फोटका कारण नेपाली भूभागमा क्षति समेत पुगेको छ ।
सरकारले कालापानी समेत फिर्ता गर्छौ, हाम्रो एक ईन्च जमिन मिच्न दिन्नौं अरुको पनि चाहिदैन भने पनि दार्चुलामा दिनहु भारतीयले हेप्दै सिमा मिच्दै गएका छन् । काठमाण्डौंमा ठूला भाषण गरे पनि सरकारी अधिकारीहरुले हाल सम्म कालापानी समेटिएको नक्सा समेत सार्वजनिक गर्न सकेका छैनन् । हिजो मात्रै सिमानाको अवलोकन गर्न गएका रक्षा मन्त्री ईश्वर पोखरेल हेलिकप्टरबाट मात्रै हेरेर फर्किएका थिए ।

प्रतिक्रियाहरु

[anycomment]