नेकपाका सुनसरी ईन्चार्ज पौड्याललाई रिहा गर्न सर्वोच्चको आदेश

२०७६ फाल्गुन ७ गते, बुधबार

काठमाडौं, ७ फागुन । नेपाल कम्युनिस्ट पार्टीका सुनसरीका ईन्चार्ज लक्ष्मण पौडेललाई रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । बुधवार भएको बन्दीप्रत्यक्षीकरणको रिट निवेदनमाथि भएको बहसपछि सर्वोच्चले इन्चार्ज पौडेललाई रिहा गर्न आदेश दिएको हो । अदालतले रिहा गरेपनि पटक पटक पक्राउ परेका पौडेललाई विना कारण गैरन्यायीक रुपमा हिरासतमा राखेको भन्दै रिहा गर्न माग गरि माघ ६ गते विनोद श्रोष्ठले सर्वोच्चमा रिट दायर गरेका थिए । आज इजलास नम्बर ४ मा भएको बहसपछि न्यायधिद्धय पुरुषेत्तम भण्डारी र कुमार रेग्मीको इजलासले उनलाई रिहा गर्न आदेश दिएको हो । गत असोज ६ गते ईटहरीबाट पक्राउ परेका नेता पौडेललाई प्रहरीले पटक पटक गिरफ्तार गर्दै आएको छ ।
रिट निवेदकका पक्षमा वरिष्ठ अधिवक्ता एकराज भण्डारी, अधिवक्ता कान्तिराम ढुङगाना लगायतले बहस गरेका थिए । यसअघि सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट परेकै अवस्थामा उनी पुर्पक्षका लागि कारागार चलान गरिएको छ ।
हाल उनलाई उदयपुर जिल्ला कारागारमा राखिएको छ । आगजनी तथा विस्फोटक पदार्थसम्बधी तीन वटा मुद्वामा उदयपुर जिल्ला अदालतमा माघ २७ गते भएको थुनछेक बहसपछि पर्पक्ष तथा धरौटी सजाय तोकिए पछि उनी कारागार चलना भएका हुन् ।
न्यायधीश मनोज केसीको ईजलाशले आपराधीक तथा उपद्रव कसुर अन्तर्गत सौर्य सिमेन्टको चुनढुंगा खानीमा रहेको ट्याकंर,एक्सकाभेटर र सिलिण्डरमा आगजानी गरेको भन्दै थुनामा राख्न आदेश दिएकाथियो । भने बाटोमा आँपको फेदमा बम राखेर जनजीवन त्रसित बनाएको,घरमा बम विष्फोट लगायतका मुद्धामा अर्का न्याधीश दीपक खनालको ईजलाशले एक लाख र पचास हजार धरौटी माग गरेको थियो ।
उदरपुरबाट रिहा भएपनि उनलाई पुन सिरहा लैजाने तयारी गरेको बुझिएको छ । उदयपुरको मुद्धा सकिए पछि पुनः पौडेललाई सिराहामा एनसेल टावर आगजानीको अर्को मुद्धा रहेको भन्दै सिरहा लैजाने तयारी गरिएको स्रोतले बताएको छ ।
गंभीर श्वास्थ्य प्रतिकुल रहेको र सुनसरीको धरान र ईटहरी, झापाको बीरतामोड र दुधेमा समेत हिरासत बसेर धरौटी बुझाए पछि रिहा भए लगत्तै उदयपुर ल्याईएको थियो । उनलाई विरामी भए पछि माघ २ गतेदेखि १२ गते सम्म जिल्ला अस्पताल गाईघाटमा राखेर उपचार गराईएको थियो । उनी असोज ६ गते ईटहरीबाट पक्राउ परेका थिए । जिल्लाका सेक्रेटरी सन्तोष विष्ट झापा चन्द्रगढी कारागारमा रहेका छन् ।

प्रतिक्रियाहरु

[anycomment]