कोरोना सम्बन्धि स्वास्थ्य सामाग्री खरीदमा भ्रष्टाचार भएको आरोप
काठमाडौं , १६ चैत । नेपाल सरकारले कोरोनाभाइरसको महामारीसँग लड्नका लागि आवश्यक स्वास्थ्य सामाग्रीहरु चीनबाट आयत गर्दैछ । नेपाली व्यवसायीले जम्मा गरेको स्वास्थ्य उपकरण लिनका लागि नेपाल एयरलाइन्सको जहाज शनिबार दिउँसो चीनको ग्वान्झाओका लागि प्रस्थान गरिसकेको गरेको थियो ।
नेपालमा कोरोनाभाइरसको परीक्षण र उपचारका लागि आवश्यक स्वास्थ्य उपकरणहरुको अभाव देखिएपछि सरकारले फास्ट ट्रयाकमा सामग्रीहरु भित्र्याउन लागेको हो । तर, सामग्रीहरु नेपाल आइपुग्न अघि नै सरकारको निर्णय विवादमा तानिएको छ । बजार मूल्यभन्दा बढीमा सामग्रीहरु भित्र्याउन लागेको र कमिसनको खेल भएको भन्दै समाचारहरु प्रकाशित भएका छन् ।