चीनद्वारा अमेरिकालाई १ हजार थान भेन्टिलेटर सहयोग

२०७६ चैत्र २३ गते, आईतवार

काठमाडौं, २३ चैत । चीनले अमेरिकालाई १ हजार थान भेन्टिलेटर सहयोग गरेको छ । चीनको वुहान प्रान्तबाट सुरु भएको कोरोना भाइरसको संक्रमणले अमेरिकामा भयावह स्थिती लिएपछि चीनले अमेरिकालाई १ हजार थान भेन्टिलेटर उपलब्ध गरेको बताइएको छ । अन्तर्राष्ट्रि संचार माध्यमहरुका अनुसार अमेरिकाको सबैभन्दा अधिक कोराना प्रभावित राज्य न्यूयोर्कका लागि चीनले उक्त स्वास्थ्य उपकरण पठाएको हो । चीनको यो सहयोग प्रति न्यूयोर्क राज्यका गभर्नरले हार्दिक आभार व्यक्त गरेका छन् । यद्यपि चीने पठाएको भेन्टिलेटर अमेरिका पुगिनसकेको बताइएको छ ।
कोरोना संक्रमितको संख्या अत्याधिक भएपछि न्यूयोर्क राज्यमा भेन्टिलेटरको अभाव सिर्जना भइरहेको छ । उता अमेरिकाको केन्द्र सरकाकरले पनि न्यूयोर्क राज्यमा आवाश्यक पर्ने सबै स्रोत साधन उपलब्ध गराइने जनाएको छ ।
अमेरिकामा हालसम्म सबैभन्दा धेरै ३ लाख ११ हजार ६३५ जना कोरोना संक्रमित फेला परेका छन् । जसमा ८ हजार ४५४ जनाको ज्यान गइसकेको छ । पछिल्ले अपडेट अनुसार यूयोर्क राज्यमा १ लाख १३ हजार भन्दा बढीमा कोरोना संक्रमण फेला परेको छ । जसमा ६ सय ३० को ज्यान गइसकेको छ ।

प्रतिक्रियाहरु

[anycomment]