लकडाउनको अवधि पुन: बढाउने तयारी
काठमाडौं, २ वैशाख ।सरकारले लकडाउनलाई पुन: लम्ब्याउने तयारी गरिरहेको बुझिएको छ । यस विषयमा छलफल गर्न आज बिहान ११ बजे मन्त्रिपरिषदको बैठक बस्न लागेको छ । स्रोतका अनुसार बालुवाटारमा बस्ने उक्त बैठकले लकडाउनको अवधि थप्नेबारे निर्णय गर्नेछ । मुलुकमा कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले लकडाउन गरेको तीन हप्ता पूरा भयो । लकडाउनको पछिल्लो म्याद भोलि वैशाख ३ गते सकिँदै छ । गत मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीका नाममा सम्बोधन गर्ने क्रममा अझै २ हप्ताजति कष्टकर हुने बताउनुभएकाे थियाे । यसकाे संकेत लकडाउन थपिने भन्ने नै थियाे ।
बालुवाटार स्राेतका अनुसार चाैथाेपटक लकडाउन कम्तीमा एक हप्तादेखि १० दिनसम्मका लागि थप गर्ने सरकारको तयारी छ । यसअघि गत चैत २४ गतेकाे मन्त्रिपरिषद बैठकले ८ दिन थप गरेकाे थियाे । साे अवधि भाेलि बुधबार सकिँदैछ ।
नेपालमा पछिल्लाे समय काेराेना संक्रमण केसहरू स्थानीय स्तरमा र विशेषगरी भारतबाट नेपाल पसेकाहरूमा देखिएकाे छ । भारतमा काेराेनाका केसहरू बढिरहँदा त्यहाँकाे सरकारले पनि लकडाउन बढाइरहेकाे छ । नेपालमा पनि जाेखिम न्यूनीकरण गर्ने उपायका रूपमा लकडाउन गरिएकाे र यसकाे अवधि परिस्थितिअनुसार बढाउँदै जाने सरकारकाे रणनीति रहेकाे छ ।