‘देश थप संकटमा फस्दैछ ! लोकतन्त्रका हत्यारादेखि सावधान !’

२०७७ बैशाख ९ गते, मंगलवार

काठमाडाैं, ९ वैशाख । पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले देश थप संकटमा फस्दै गएको ठोकुवा गरेका छन । सरकारले सहजै पार्टी फुटाउन मिल्नेगरी अध्यादेश जारी गरेपछि उनले सो ठोकुवा गरेका हुन् ।
भट्टराईले सरकारले अध्यादेश जारी गरी सुध्रनै नसक्ने कदम चालेको आरोप लगाउदै सम्पूर्ण देश एकढिक्का भएर केरोनाबिरूद्ध लड्नुपर्ने बेलामा पार्टी फुटाउने अध्यादेश जारी गर्नु ओली सरकार सुध्रनै नसक्ने गरी रसातलतिर भासिएको प्रमाण भएको ठोकुवा गरेका छन ।
त्यसैगरी उनले जुनसुकै पार्टी फुटाउने लक्ष्य राखे पनि यो गम्भीर अपराध भएको ठोकुवा गर्दै भनेका छन -‘‘जुनसुकै पार्टी फुटाउने लक्ष्य राखिएको भए पनि यो लोकतन्रविरूद्ध गम्भीर अपराध हो । देश थप संकटमा फस्दैछ ! लोकतन्त्रका हत्यारादेखि सावधान !’

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

नयाँ दल दर्ता गर्ने समय सकिदै

२०८२ मंसिर १ गते, आईतवार

२ लाख ५७ हजार ५०५ नयाँ मतदाता

२०८२ कार्तिक ३० गते, शनिबार