पूर्वसचिव भीम उपाध्याय रिहा

२०७७ बैशाख १५ गते, सोमबार

काठमाडौँ, १५ वैशाख । जिल्ला अदालत काठमाण्डौंले पूर्वसचिव भीम उपाध्यायलाई रिहा गर्न आदेश दिएको छ । सामाजिक सञ्जालमा जथाभावी लेखेको आरोपमा पक्राउ परेका उपाध्यायलाई २५ हजार रुपैंया धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको हाे । प्रहरीले विद्युतिय कारोवार ऐनको उल्लंघन गरेको आरोपमा मुद्दा चलाएको थियो। थुनछेक बहसपछि जिल्ला अदालतले २५ हजार धरौटी मागेको उपाध्यायका कानून व्यवसायी चुडामणी पौडेलले बताए। उनका अनुसार, धरौटी बुझाएर उपाध्याय रिहा भएका छन्।
सामाजिक सञ्जाल्मार्फ़त कालोबजारी , भ्रस्टाचार र तमाम बिकृति विसंगतीबिरुद्ध खरो रुपमा उत्रिएका उपाध्यायलाई प्रहरीले पक्राउ गरेपछि चौतर्फी बिरोध हुदै आएको थियो ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

नयाँ दल दर्ता गर्ने समय सकिदै

२०८२ मंसिर १ गते, आईतवार

२ लाख ५७ हजार ५०५ नयाँ मतदाता

२०८२ कार्तिक ३० गते, शनिबार