कांग्रेस केन्द्रीय समिति बैठक बस्दै

२०७७ बैशाख १७ गते, बुधबार

काठमाडौँ, १७ वैशाख । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज दिउँसो १ बजे पार्टी मुख्यालय सानेपामा बस्ने बताइएको छ । बैठकमा सरकारका पछिल्ला गतिविधिबारे छलफल हुने बताइएको छ ।सरकारले ल्याएको अध्यादेश, कोरोना संक्रमण र नियन्त्रणमा सरकारले चालेको कदम, राहत वितरणलगायतका विषयमा कांग्रेसले आफ्नो धारणा सार्वजनिक गर्नेछ ।
बैठकमा संसद बैठक छिटो बोलाउन सरकारसँग आग्रह गर्ने भएको छ । कांग्रेसका पूर्वअर्थमन्त्री र अर्थविद्हरुले कोरोनापछि देशको समग्र अर्थतन्त्रलाई कसरी अघि बढाउने भन्नेबारे दिएका सुझावका सम्बन्धमा पनि आजको बैठकमा छलफल हुने कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बताए । गत सोमबार मात्र कांग्रेससहितका तीन वटा विपक्षी दलले सरकार सर्वसत्तावादतर्फ उन्मुख भएको निष्कर्ष निकाल्दै संघर्ष गर्ने निर्णय गरेका थिए ।

प्रतिक्रियाहरु

[anycomment]