ने.क.पा.पूर्व केन्द्रीय सदस्य हिमाललाई तत्काल रिहा गर्न माग

२०७७ बैशाख १८ गते, बिहीबार

काठमाडौं, १८ बैशाख । नेपाल कम्युनिष्ट पार्टीका पूर्व केन्द्रीय सदस्य बालाराम सुनार ‘हिमाल’ लाई प्रहरीले गिरफ्तार गरेको छ ।
लकडाउनको समयमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–४ मा रहेको अाफ्नै घरमा होम क्वारेन्टाइनमा बसिरहेका हिमाललाई प्रहरीले आज बिहान गिरफ्तार गरेको हो ।
यसैबीच नेपाल कम्युनिस्ट पार्टी भेरी कणार्ली ब्यूरोले अाजै एक प्रेस विज्ञप्ति जारी गरि विनाकारण फासीवादी दानवीय शैलीमा गिरफ्तार गरिएको भन्दै घाेर निन्दा एवं भत्र्सना गरेको छ । पार्टीका भेरी कर्णाली ब्युरो इन्चार्ज रवीले भ्रष्टाचार, कमिसन र राष्ट्रघात चुर्लम्म डुबेको, पद र पैसाका चरम संकटसहित अान्तरिक द्वन्द्वको भुमरीमा फसेको अाेली नेतृत्वको फासीवादी सत्ताद्वारा देशभक्त, जनवादी, परिवर्तन शक्तिहरुलाई हदैसम्मको तानाशाही दमनशैली अख्तियार गरिरहेकाे बताउनुभएको छ ।
पूर्व केन्द्रीय हिमालकाे यथाशीघ्र रिहाइको माग गर्दै न्याय र परिवर्तनको अावाज बन्दुकको बलमा राेक्ने चेष्टा गरिए त्यसको परिणाम गम्भीर हुने चेतावनी विज्ञप्तिमा दिइएको छ ।

प्रतिक्रियाहरु

[anycomment]