‘मजदुरहरुलाई बाँच्न पुग्ने राहत नगदमा उपलब्ध गराऊ’

२०७७ बैशाख १९ गते, शुक्रबार

काठमाडौं , १९ बैशाख । नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी)का महासचिव माेहन वैद्य ‘किरण’ले मजदुरहरुलाई बाँच्न पुग्ने राहत नगदमा उपलब्ध गराउन माग रेका छन । उनले मई दिवसको अवसरमा एक वक्तव्य जारी गर्दै कोरोना भाइरसको महामारीका कारण दैनिक ज्यालादारी मजदुर तथा विपन्न वर्ग नराम्ररी प्रताडित भएको भन्दै लकडाउन अवधिभरका लागि सार्वजनिक र निजी क्षेत्रमा काम गर्ने मजदुरहरुलाई पुरा तलव र स्वरोजगार मजदुर, अशक्त तथा अति विपन्न परिवारलाई बाँच्न पुग्ने राहत नगदमा उपलव्ध गराउन जोडदार माग गरेका हुन ।
किरणले जारी गरेको वक्तव्यमा भनिएको छ,- “लकडाउन अवधिभरका लागि सार्वजनिक र निजी क्षेत्रमा काम गर्ने मजदुरहरुलाई पुरा तलव र स्वरोजगार मजदुर, अशक्त तथा अति विपन्न परिवारलाई बाँच्न पुग्ने राहत नगदमा उपलव्ध गराउन हाम्रो पार्टी सरकार समक्ष जोडदार माग गर्दछ ।”
वक्तव्यमा भनिएको छ, “यस वर्षको मई दिवसका बेला सम्पूर्ण मानव जाति नै कारोना जन्य महामारी कोभिड–१९को प्रकोपले पीडित छ । यस पटक पहिले जस्तै हजारौंको सङ्ख्यामा सडकमा पोखिएर मई दिवश मनाउन सकिंने अवस्था छैन । यस स्थितिमा आआफ्नो ठाउँको विशिष्ट अवस्थालाई ख्याल गरेर मई दिवशले स्थापित गरेको क्रान्तिकारी सन्देशलाई आम उत्पीडित जनतासम्म पु¥याउन हामी श्रमजीवि वर्गमा विशेष अनुरोध गर्दछौं । साथै लकडाउनका कारण श्रमजीवि वर्गको जिउने समस्या निकै गंभीर बनेको छ ।”

प्रतिक्रियाहरु

[anycomment]